अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०९ | Colorodo: 04:24

सबल र सक्षम एनआरएन बनाउन जिपी कोईराला फाउन्डेशन कार्यालय अमेरीकामा विशेष छलफल

बिआरटीनेपाल २०८० जेठ १ गते २१:५१ मा प्रकाशित

उडसाईड, न्युयोर्क । प्रवासमा रहेका नेपालीहरूको हकअधिकार एवं विविध समस्या समाधान लगायतको लक्ष्य लिई खोलीएको नेपाल सरकारबाट आधिकारिक मान्यताप्राप्त एकमात्र साझा छाता संगठन गैरआवासीय नेपाली संघ (NRNA) को समग्र वस्तुस्थिति, हालसम्म भएगरेका सकरात्मक लक्ष्यप्राप्ती र कमीकमजोरी लगायत आगामी दिनहरूमा चाल्नुपर्ने ठोस कदमहरू र संस्थागत सुधार एवं सांगठनिक विस्तारका विषयमा आज गिरीजाप्रसाद कोईराला फाउन्डेशन(जिपीके फाउन्डेशन)अमेरीकाको कार्यालय न्युयोर्कस्थित उडसाईडमा गहन छलफल भयो।

फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, उपाध्यक्ष सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी,कार्यसमिति सदस्य ध्रु्व कुँवर क्षेत्री लगायतका पदाधिकारी एवं एनआरएन अमेरीकाका केन्द्रीय उपाध्यक्ष सुमन थापा, एनआरएन अमेरिकाका सल्लाहकार बिरेन्द्र जंग के.सि., एनआरएन न्युयोर्क च्याप्टरका अध्यक्ष आगं छिरींग शेर्पा, उपाध्यक्ष शोभाकान्त पाण्डे, नेपाल डे परेडका संयोजक टक रूवाली, एनआरएन अभियन्ता एवं टेक्सासका समाजसेवी मधुर खरेल, एनआरएन न्युयोर्कका अभियन्ता सुवोध खाती, पंकज सुब्बा, पासाड॰ नोर्वु शेर्पा लगायतको उपस्थितीमा क़रीब ३ घन्टा सो छलफल चलेको थियो।

सो अवसरमा आफ्नो कार्यालयमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले एनआरएन अमेरिकाका उपाध्यक्ष सुमन थापालाई खादा लगाई स्वागत गर्दै कार्यक्रमको सुरूवात गर्नुभएको थियो र अध्यक्ष घिमिरेले स्वच्छ र जुझारू एनआरएन आजको समयको माग हो र सोकालागी अधिकतम अमेरीकी नेपालीहरूलाई समेटेर सदस्यता वितरण तीब्र गतीमा बढाउनुपर्नेमा जोड दिनुभयो।साथै वहाँले नेपाली दुतावासले एनआरएनको हकहितमा यथेष्ट काम गर्न नसकीरहेको र एनआरएनको सदस्यता लिन अभिप्रेरीत हुनेगरी खुलेर विशेष कदम चाल्नपनी आग्रह गर्नुभयो।

सो छलफलमा आफ्नो धारणा राख्दै एनआरएन अमेरिकाका उपाध्यक्ष सुमन थापाले हालको आफ्नो कार्यकालमा केही संस्थागत सुधार गरीरहेको,नेपाल र प्रवासी नेपालीको पुलको रूपमा यो कार्यसमितिमा रही काम गरीरहेको र मौका मिलेमा आगामी कार्यकालमा आफुले नेतृत्वलीई सबैले गर्व गर्नलायक एनआरएन बनाउने आफ्नो सपना रहेको र सोकोलागी आफु तन,मन र धनले लागीपर्ने र आईसीसी सँग समन्वय गरी कसरी अमेरिकी नेपालीहरुको दुखपीडामा मल्हम् लगाउन सकिन्छ, सोवारे गम्भीर र चिन्तित भएको बताउनुभयो।

न्युयोर्क च्याप्टर अध्यक्ष आंग छिरींग शेर्पाले एनआरएनसँग समस्या छभने समाधान पनी छ भन्नेमा आफु दृढ़ र विश्वस्त रहेको र दुतावास, केन्द्र र च्याप्टरवीच कतीपय समन्वयको अभाव र कतीपय अनावश्यक र अव्यवहारिक कानुनी झन्झट रहेको र सो झन्झट हटाई यथाशीघ्र सेवाग्राहीको हकहितमा कामगर्न सकेमा एनआरएन प्रती अझ विश्वास र भरोसा बढ्नेमा जोड् दिनुभयो।उपाध्यक्ष शोभाकान्त पाण्डेले आज अमेरीकाको एनआरएन खारीएको र सक्षम नेतृत्वको खोजीमा रहेको र सो नेतृत्व हामीमाझनै छ तर एकअर्कोप्रती विश्वासको संकट भएको र सो संकटबाट नेतृत्वले पारलगाउन सक्नुपर्नेमा जोडदिनुभयो।अभियन्ता टक रूवालीले करीब ४ लाखको संख्यामा रहेका अमेरिकी नेपाली हरूको सुखदुखको साथी एनआरएन अमेरीका हो भनी विश्वास दिलाउन मानीसहरुको मनजीत्नेगरी कार्य गर्नुपर्नेमा जोड दिनुभयो।

फाउन्डेशका उपाध्यक्ष सुवर्ण लामाले एनआरएन भनेको हाम्रै संस्थाहो भन्ने आममानिसमा विश्वास दिलाउन नेपालकोजस्तो आक्षेपमुलक राजनैतिक कुसंस्कार मनैदेखी त्यागी स्वच्छ ढंगले लागीपर्न सुझाव दिनुभयो। अभियन्ता मधुर खरेलले नेपालीहरूमा दुख गर्नसक्ने र ईमानदारी जोगाउनपर्छ भन्ने मुलमन्त्र छ तर त्यो सुतेको अवस्थामा रहेको हुँदा सबैमिली जगायर गर्वगर्नलायक एनआरएन बनाउन नेतृत्वपंक्तीलाई सुझाव दिनुभयो। यसैगरी फाउन्डेशन अमेरिकाका कार्यसमिति सदस्य ध्रुव कुँवर क्षेत्रीले समाज सेवामा समर्पित भै अशल नियतले एनआरएन हाँक्नचाहने जोकोहीलाई आफुहरुले सहयोग गर्ने कुरामा जोड दिनुभयो।

सो अवसरमा बर्तमान नेपालको राजनैतीक परिवेश र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुलधारका राजनैतिक नेतृत्वको भ्रष्टाचारजन्य संलग्नता लगायत विविध भ्रष्टाचारजन्य कान्डहरूवारे प्रवासी नेपालीहरू अत्यन्त चिन्तीत रहेको र सदा देशमा शुसासन र सबल सरकार एवं दिगो विकास र मुलुकको प्रगती एवं नेपालीको समग्र स्तरोन्नतीको चाहना र कामना हरेक प्रवासी नेपालीको ईच्छा एवं चाहना रहने र सोका लागी जोड्दार अपील समेत गरीएको थियो। फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले नक्कली शरणार्थी प्रकरणमा लुटतन्त्र मच्चाएकोमा सम्पूर्ण विश्वजगत नै स्तब्ध एवं चकित भएको र कुनैपनी भ्रष्टाचार सह्य नहुनेहुँद दोषीमाथी कानुन अनुसार कार्यवाही गर्न फाउन्डेशनको तर्फवाट जोड्दार माग गर्नुभयो।

अन्त्यमा उपस्थित सबैलाई विशेष धन्यवाद एवं उपस्थितिको लागी हार्दिक आभार प्रकट गर्नुहुँदै फाउन्डेशनका प्रवक्ता रामचन्द्र अधिकारीले एनआरएन सदस्यता लिईदिनुहुन तमाम अमेरिकी नेपालीलाई आग्रह गर्नुहुँदै एनआरएन अमेरीकाले छरीएर रहेका फुलका थुँगालाई बटुली सुन्दर माला उन्नसकोस्,एनआरएन सबैको मनमनमा बस्नसकोस्, हाम्रो साझा एनआरएन भनी गर्व गर्न पाईयोस् भनी एनआरएन अमेरिकाको उज्वल भविष्यको शुभकामना सहित कार्यक्रम समापन गरीएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू