अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

प्रधानमन्त्रीद्धारा सिंहदरबारमा काठमाडौंस्थित विदेशी कूटनीतिज्ञलाई सम्बोधन

बिआरटीनेपाल २०८० जेठ १ गते ६:३१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंस्थित विभिन्न देशका कूटनीतिज्ञहरूलाई सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको कार्यक्रममा नेपालस्थित विभिन्न देशका राजदूत, दातृ निकाय र विकास साझेदार संस्थाका प्रमुखहरू सहभागी थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले तीन वटा विषयमा ब्रिफिङ गरेका थिए। नेपालको पछिल्लो राजनीतिक विकासक्रम, आर्थिक अवस्था र वर्तमान सरकारका विदेश नीतिका प्राथमिकताबारे ब्रिफिङ गर्नुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले २०७९ मा भएका स्थानीय र संसदीय चुनावले नेपालको लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्दै मजबुद् बनाएको बताउनुभयो । उहाँले वर्तमान सरकार संक्रमणकालीन न्यायका बाँकी रहेका काम टुंगोमा पुर्‍याउन प्रतिवद्ध रहेको बताउनुभयो । विभिन्न चुनौतीका बाबजुद् अहिले नेपाली अर्थतन्त्रले सुधारको गति समातेको प्रधानमन्त्रीको भनाई थियो । चालु खर्च कम गर्न आफ्नो सरकारले विभिन्न खर्च कटौती गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । नेपालले पञ्चशीलमा आधारित असंलग्न विदेश नीति अबलम्बन गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले छिमेकी मुलुक र मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई मजबुद् बनाउने पनि उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू