अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 19:48

भुटानी शरणार्थी प्रकरणका कारण आफूहरूको मुद्दा ओझेलमा परेको वास्तविक शरणार्थीको गुनासो

बिआरटीनेपाल २०८० जेठ १ गते ५:१५ मा प्रकाशित

गैरभुटानीलाई भुटानी बनाएर अमेरिका पठाउने काम भएको भन्दै भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले ध्यानाकर्षण भएको जनाएको छ । भुटानी शरणार्थीको नाममा करोडाैँ रुपैयाँ भ्रष्टाचार हुँदा आफूहरूको माग छायामा परेको पनि समितिले जनाएको छ । यस घटनाका कारण भुटान सरकारले नेपालमा रहेको भुटानी शरणार्थी शिविरमा शरणार्थी नरहेको आरोप लगाएको उनीहरूको दाबी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणले परिवार मिलनको आशामा बसेका छ हजार पाँच सय जना वास्तविक भुटानी शरणार्थी समस्यामा परेका समितिले जनाएको छ । समितिले शरणार्थी परिचयपत्र नवीकरण भएको आठ महिना भइसक्दा पनि आफूहरूले नपाएको, भुटानी शरणार्थीको समस्या दीर्घकालिन रूपमै समाधान गर्न सम्बन्धित निकायसँग नेपाल सरकारले समन्वय गर्नुपर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कारबाही गर्नुपर्नेलगायतका माग पनि राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू