अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१८ | Colorodo: 19:33

बहुदलले शिक्षालाई व्यापारको वस्तु बनायो : महासचिव चन्द

बिआरटीनेपाल २०८० जेठ १ गते ५:०२ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले बहुदलीय व्यवस्थाले शिक्षालाई व्यापारको वस्तु बनाएको बताउनुभएको छ ।सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बजारमा पुगेको शिक्षाले समानता र अधिकार नहेर्ने बरु नाफा घाटा मात्रै हेर्ने उल्लेख गर्नुभयो । उहाँले २१ औं शताब्दी वैज्ञानिक व्यवस्थापनको शताब्दी रहेको भन्दै यो शताब्दी लुटेराहरुको शताब्दी हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले अहिले युवाहरुमा वितृष्णा र निराशा छाएको भन्दै त्यसलाई अब चिर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

उहाँले नेपालमा मुठीभर मान्छेका छोराछोरीहरुले मात्रै लाखौँ खर्च गरेर पढ्न पाउने र सामान्य नागरिकका छोराछारीले पढ्नै नपाउने अवस्था रहेको बताउनुभयो । महासचिव चन्दले देशको उपप्रधान तथा गृहमन्त्री बनेका व्यक्तिहरु दुई कौडीमा विदेशीको लिलाम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू