अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

बैशाखमा साढे ११ अर्बले घट्यो लगानी प्रतिवद्धता

बिआरटीनेपाल २०८० जेठ १ गते ५:०१ मा प्रकाशित

बैशाख महिनामा साढे ११ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख १ देखि ३१ गतेसम्म विभिन्न ३१ परियोजनामार्फत ११ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता स्वीकृत भएको हो ।गत वर्षको बैशाखमा नेपालमा विभिन्न ३३ परियोजनामार्फत ३० अर्ब ८१ करोड रुपैयाँ बढीको स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । गत वर्ष बैशाखको तुलनामा यो वर्ष भने करिव २० अर्ब रुपैयाँले कम प्रतिबद्धता आएको छ । गत वर्ष बैशाखमा १७ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको उत्पादनमुलक क्षेत्रमा यो बर्ष करिव १० अर्ब रुपैयाँले कमी आई ७ अर्ब रुपैयाँ बराबरको मात्रै प्रतिवद्धता आएको छ ।

गत वर्षको बैशाखमा उर्जा क्षेत्रमा मात्रै ९ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । चालु वर्षको बैशाखमा आएको स्वदेशी लगानी प्रतिवद्धतामध्ये उत्पादनमुलक क्षेत्रका १७ परियोजनामार्फत ७ अर्ब ३७ करोड ७० लाख रुपैयाँ र सेवामुलक क्षेत्रका १० परियोजनामार्फत १ अर्ब २ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

यस्तै, यस अवधिमा पर्यटन क्षेत्रका ३ र सूचना तथा संचार क्षेत्रको एक परियोजनामार्फक्र क्रमशः ३ अर्ब ४० करोड र २ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । यस्तै, गत वर्ष विभिन्न ७ क्षेत्रका परियोजनामार्फत लगानी प्रतिवद्धता आएकोमा यसपल्ट ४ ओटा क्षेत्रमा मात्रैे छ । यस वर्षको बैशाखमा उर्जा, पूर्वाधार र कृषि क्षेत्रमा लगानी प्रतिवद्धता नै नआएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू