अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन’-पूर्वगृहमन्त्री खाँण

बिआरटीनेपाल २०८० वैशाख ३१ गते ६:३२ मा प्रकाशित

पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको बताउनु भएकाे छ ।म्याद थपका लागि अदालत लगिएका बेला सरकारी वकिल कार्यालयबाट निस्किने क्रममा उहाँले यस्तो बताउनु भएकाे हाे ।कांग्रेस नेता खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरीले आफूलाई पक्राउ गरेकाे जिकिर गर्नु भयाे ।

शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारीलगायतलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई थप समय हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । खाँणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू