अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

सगरमाथाको शिखरसम्म बाटो खुल्यो, वसन्त ऋतुका लागि आरोहण खुला

बिआरटीनेपाल २०८० वैशाख ३० गते ५:२७ मा प्रकाशित

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि शिखरसम्मको बाटो खुलेको छ । शिखरसम्मको बाटो बनाउँदै आज दिउँसो एक बजेर ५२ मिनेटमा आइसफल डाक्टरहरुको टोली सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागका सगरमाथा आधार शिविर प्रतिनिधि खिमलाल गौतमले जानकारी दिनुभयो ।यस वर्ष दोस्रो शिविरभन्दा माथि शिखरसम्मको बाटो बनाउने जिम्मा लिएको इमाजिन नेपालको टोली शिखरमा पुगेको हो । बाटो बनाउने टोलीमा नौ जना आरोहीहरु सहभागी हुनुहुन्छ।

इमाजिन नेपालका प्रबन्ध निर्देशक एवं चर्चित आरोही मिङ्मा शेर्पाको संयोजनमा भएको बाटो बनाउने काममा टोली प्रमुख दावा ग्याल्जे शेर्पासहित ङिमा नुरू शेर्पा, लाक्पा शेर्पा, दिपेन गुरुङ, पासाङ ङिमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर गेल्जेन शेर्पा, दा जाङ्बु शेर्पा र सुमन गुरुङ हुुनुहुन्छ । शिखरसम्मको बाटो खुलेसँगै यस वर्षको लागि सगरमाथा आरोहण खुला गरेको पनि गौतमले जानकारी दिनुभयो ।

यस वर्ष सगरमाथा आरोहणकाे लागि नेपालसहित ६५ वटा देशका ४ सय ६७ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । जसमध्ये ९८ जना महिला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू