अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०६ | Colorodo: 19:21

भ्रष्टाचारविरुद्ध काठमाण्डौको नक्साल र माइतीघरमा प्रदर्शन

बिआरटीनेपाल २०८० वैशाख ३० गते ५:२४ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी काण्ड लगायतका भ्रष्टाचारविरुद्ध काठमाण्डौको नक्साल र माइतीघरमा प्रदर्शन भएको छ । भ्रष्टाचारीहरुलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै प्रदर्शन भएकाे हाे । नक्सालमा भएको प्रदर्शनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, विभिन्न राजनीतिक दलका नेता, कलाकार, साहित्यकार, बुद्धिजीवी लगायतका व्यक्ति सहभागी भएका छन् । यस्तै, नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचारविराेधी विभिन्न साङ्गीतिक प्रस्तुतिसमेत दिएका छन् ।

प्रदर्शनमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आसिम शाहले आफूले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा पनि आवाज उठाएको र अहिले नागरिकस्तरबाट आवाज आइरहेकाले सशक्त रुपमा सदन र सडकमा उभिएको बताउनु भयो । उहाँले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको बताउनु भयो । प्रदर्शनमा सहभागी ऋतु खड्काले देश विकास हुन नसक्नुको कारण भ्रष्टाचार रहेको उल्लेख गर्दै प्रमाण बाहिर आउँदा पनि कसरी मानिस फरार हुन्छ भन्ने मुख्य प्रश्न रहेको बताउनु भयो ।

त्यस्तै, प्रदर्शनमा सहभागी भावना राउतले नागरिकले देश र नागरिकको लागि काम गर्छौैँ भन्ने नेताहरु नै भ्रष्टाचारी बनिरहेकाले सबै नागरिकले आवाज उठाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू