अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

इथियोपियामा हैजाका कारण मृत्यु हुनेकाे संख्या ९४ पुग्यो

बिआरटीनेपाल २०८० वैशाख ३० गते ५:११ मा प्रकाशित

दक्षिणपूर्वी इथियोपियामा हैजाका कारण मृत्यु हुनेकाे संख्या ९४ पुगेको छ ।संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेकाे संख्या ९४ जना पुगेको हो । हैजा प्रभावित क्षेत्रमा ४१ वटा उपचार केन्द्र र इकाई सञ्चालन गरिएको छ ।

यूएनओसीएचएले इथियोपियामा हैजा महामारीकै रुपमा फैलन सक्ने चेतावनी दिएको छ । विशेष गरी सुरक्षित खानेपानीको आपूर्ति र सरसफाईमा देखिएको कमजोरीका कारण त्यहाँ हैजाको जोखिम उच्च रहेको छ ।यूएनओसीएचएले मुखबाट दिइने हैजा खोपको दायरा फराकिलो बनाउनुपर्ने र त्यसका लागि थप कोषको आवश्यकता रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू