अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

एयर इन्डियालाई ३६ हजार बढी अमेरिकी डलर जरिवाना

बिआरटीनेपाल २०८० वैशाख ३० गते ५:११ मा प्रकाशित

भारतको उड्डयन नियामक निकायले ‘एयर इन्डिया’ लाई ३६ हजार ४ सय ९६ अमेरिकी डलर जरिवाना गरेको छ ।भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लघंन गरेको पाइएपछि जरिवाना गरिएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले गत फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।

डीजीसीएले पाइलटको लाइसेन्स ३ महिनाका लागि निलम्बन गरेको छ । उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेश जारी गरेको थियो । अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लघंन गरेकोमा दोषी ठहर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू