अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५८ | Colorodo: 23:13

ए डिभिजन लिग : सङ्कटालाई हराउँदै पुलिसले ‘रेलिगेशन जाेन’ छाेड्याे

बिआरटीनेपाल २०८० वैशाख २९ गते ७:०८ मा प्रकाशित

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई हराएको छ ।आज शुक्रवार दशरथ रङ्गशालामा भएको खेलमा पुलिसले सङ्कटालाई २–१ गोलले हरायो । पुलिसका लागि माजेस ग्याबा र मोहमद आशिकले गोल गरे । सङ्कटाका निशान खड्काले १ गोल फर्काए ।यो जितसँगै पुलिस तालिकाकाे ११ औँ स्थानमा उक्लिँदै ‘रेलिगेशन जाेन’ छोडेको छ । पुलिसकाे १७ खेलमा १९ अङ्क छ । सङ्कटा उति नै खेलमा २० अङ्कसहित दशौँ स्थानमा छ ।

यस्तै आजै ललितपुरकाे च्यासल मैदानमा भएकाे खेलमा मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबले १–१ गाेलकाे बराबरी खेलेका छन् । मनाङका लागि निराजन धामी र हिमालयनका लागि अबायानी फकुल्नीले गाेल गरे ।  याे बराबरीसँगै मनाङ १७ खेलमा २१ अङ्कसहित तालिकाकाे साताैँ स्थानमा छ । हिमालयन उति नै खेलमा २१ अङ्कसहित नवाैँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू