अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

याैन दुर्व्यवहारकाे आराेपमा कृषिविज्ञ मदन राई पक्राउ

बिआरटीनेपाल २०८० वैशाख २९ गते ७:०३ मा प्रकाशित

कृषिविज्ञ एवम् शुभद्रा मदन (शुभम) फाउन्डेशनका सञ्चालक मदन राईलाई प्रहरीले पक्राउ गरेको छ ।  खोटाङमा रहेको फाउन्डेशनमा बस्दै आएका छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) मञ्जिल मुकारुङले जानकारी दिनुभयो । एक जना पीडित पनि प्रहरीको सम्पर्कमा आएको र अहिले सोधपुछ तथा राईमाथि अनुसन्धान भइरहेको मुकारुङले बताउनुभयो ।

वैकल्पिक शिक्षाको नारासहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मामा राईले फाउन्डेशन सञ्चालन गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू