अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत हुन्छ : मन्त्री राई

बिआरटीनेपाल २०८० वैशाख २९ गते ६:२६ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रश्तुत गर्ने बताउनुभएको छ ।शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताकासाथ काम अघि बढाइरहेको बताउनुभयो । उहाँले पहिला पनि मस्यौदा तयार भइ मन्त्रिपरिषद्मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताउनुभयो ।

उहाँले कानून मन्त्रालयमा धेरै कानून निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताउनुभयो । उहाँले विद्यालयको पाठ्यक्रममा मनोपरामर्श सम्बन्धी व्यवस्था पाठ्यक्रम पुनः मुल्यांकन गरेर अघि बढ्ने बताउनुभयो । मन्त्री राईले विश्वविद्यालयहरुको छाता विधेयक पनि कानूनी प्रक्रियाको चरणमा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू