अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

प्रधानमन्त्री प्रचण्ड र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

बिआरटीनेपाल २०८० वैशाख २९ गते ६:३० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार बिहान भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्‍याउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले भीआईपीलाई पक्राउ गर्ने आँट गर्नु सकारात्मक रहेको भन्दै उहाँले प्रकरणमा खुट्टा नकमाइकन काम गर्न समेत आग्रह गर्नुभएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू