अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

भ्रष्टलाई जोगाएर एमालेविरुद्ध नियोजित रूपमा प्रहार भयो – अध्यक्ष ओली

बिआरटीनेपाल २०८० वैशाख २५ गते ८:२८ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा भ्रष्टहरूलाई जोगाउने र एमालेविरुद्ध नियोजित रूपमा प्रहार गर्ने काम भएको आरोप लगाउनुभएको छ । सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भ्रष्टहरूलाई जोगाउने र एमालेमाथि नियोजित रूपमा प्रहार गर्ने काम भएको आरोप लगाउनुभयो ।उहाँले नक्कली शरणार्थी प्रकरणमा कसलाई फसाउने वा कसलाई उन्मुक्ति दिने भन्ने निर्देशन प्रधानमन्त्रीबाटै भएको पनि दाबी गर्नुभयो । प्रधानमन्त्री भएर स्टन्ड नभएर निष्पक्ष रूपमा छानबिनन गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले एमालेले कसैको दोषलाई ढाकछोप नगर्ने तर एमालेमाथि षडयन्त्र भए मुकाबिला हुने चेतावनी पनि दिनुभयो । ओलीले नक्कली शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकालाई छोडिएको पनि दाबी गर्नुभयो। उहाँले प्रधानमन्त्रीले नै आफूलाई दुईपटक भेट्न बोलाएको र भेटपछि भ्रष्टहरूलाई जोगाउन दबाब दिएको भन्दै प्रधानमन्त्रीले गलत अफवाह फैलाएको बताउनुभयो । नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीले ट्रेलर मात्र भएको भनेकोमा ओलीले आफूहरू पूरा फिल्म हेर्न आतुर रहेको पनि बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू