अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५६ | Colorodo: 20:11

बजेट अधिवेशन आइतबारदेखि शुरू हुने

बिआरटीनेपाल २०८० वैशाख २३ गते ६:३५ मा प्रकाशित

बजेट अधिवेशन आइतबारदेखि शुरू हुने भएको छ । बजेट अधिवेशन शुरु गर्न आइतबार संघीय संसदको संयुक्त बैठक राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बजेट अधिवेशनको लागि  प्रतिनिसिभा र राष्ट्रियसभाको संयुक्त वैठक आव्हान गर्नुभएको हो । संसद बैठक दिउँसो ४ बजेदेखि शुरु हुने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिनुभएको छ ।

वाषिैक बजेट हरेक वर्षमा जेष्ठ १५ गते ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । बजेट ल्याउनु अघि सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । आर्थिक वर्ष २०८०, ०८१ को नीति तथा कार्यक्रमबारे छलफलको लागि संसदमा बजेट अधिवेशन शुरु गर्न लागिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू