अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सरकारले सक्दो सहयोग गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

बिआरटीनेपाल २०८० वैशाख २३ गते ६:१२ मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानव मुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताउनु भएको छ ।शनिबार बिहान काठमाडौंको बनस्थलीस्थित मानव सेवा आश्रममा पुग्नु भएका उहाँले त्यसलाई निरन्तरता दिन र अझ उचाईमा पुर्याउने काममा पनि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि त्यहाँका पदाधिकारीहरुको भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग जति सक्दो चाँडो गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले राम्रो कामलाई आत्मासात गर्दै, सकेको सहयोग गर्ने नीति लिएको उल्लेख गर्दै सो आश्रमले गरेको मानवीय सेवा संचालनमा ल्याई राख्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मानवीय सेवा महान सेवा भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई मर्न नदिन सरकार र आफू व्यक्तिगत रुपमा पनि लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवा आश्रमको सहयोगका लागि आफूले प्रमुख राजनीतिक दलका नेतृत्वसँग पनि छलफल गर्ने जानकाारी दिनुभयो । उहाँले मानवीय सेवाको काममा सबैले साथ, सहयोग र सम्मान गर्नुपर्ने स्मरण गराउनुभयो ।त्यस अवसरमा आश्रमका संस्थापक रामजी अधिकारीले आफूहरुले अबको २ वर्ष भित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने गरी काम गरिरहेको जानकारी उपप्रधानमन्त्री श्रेष्ठलाई गराउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू