अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४४ | Colorodo: 03:59

भारतको मणिपुरमा दुई समुदायबीचको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुग्यो

बिआरटीनेपाल २०८० वैशाख २३ गते ६:०० मा प्रकाशित

भारतको मणिपुर राज्यमा दुई समुदायबीचको हिंसामा ज्यान गुमाउनेको सङ्ख्या ५४ जना पुगेको छ ।ठाउँठाउँमा दुई समुदायबीचको झडप र प्रहरीको गोली लागेर ५४ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । तर स्थानीय प्रहरी अधिकारीले अनौपचारिक रुपमा दिएको जानकारी अनुसार मृतकको सङ्ख्या निकै धरै रहेको अनुमान छ ।मणिपुरमा पछिल्लो एक हप्तादेखि हिंसा भड्किएको छ । ठाउँ ठाउँमा आगलागी र नरसंहार भएका छन् । स्थितिलाई शान्त बनाउन केन्द्रीय सरकारले हजारौँ सेना र र्यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाएको छ । सडकमा सेनाले मार्चपास गरिरहेका छन् ।

भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले मणिपुरको प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको र सेनालाई सिधै गोली हान्ने अधिकार दिएको बताउनुभएको छ । आज सडकमा छिटपुट गाडी देखिन थालेका र अत्यावश्यक सामग्री बेच्ने पसल पनि खुलेका खबरमा उल्लेख छ । सरकारले मणिपुरमा पाँच दिनको लागि इन्टरनेट बन्द गरेको छ भने हिजो र आज मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू