अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

सूचनाको महत्वलाई अझै बुझ्न सकिएको छैनः सभामुख घिमिरे

बिआरटीनेपाल २०८० वैशाख २२ गते ६:४८ मा प्रकाशित

सभामुख देवराज घिमिरेले सूचनाको हकको महत्वलाई अझै बुझ्न नसकिएको बताउनुभएको छ ।शुक्रबार राष्ट्रिय सूचना आयोगको १६ औं स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। सभामुख घिमिरेले सूचनाको महत्वलाई उजागर गरी आम नागरिकका सूचनाको अधिकार प्राप्त हुनुपर्ने बताउनुभयो । उहाँले सूचनाको हक सबैले पाउनुपर्ने कुरालाई व्यवहारमा कार्यान्वयन गर्ने र प्रभावकारी बनाउने कुरामा सबै सरोकारवाला निकायले जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले सूचनाको पहुँच जति धेरै जनतामा पुग्छ त्यति नै प्रजातन्त्रको प्रभाकारी रुपमा कार्यान्वयन हुने बताउनुभयो । उहाँले सूचना पाउने अधिकार प्रजातन्त्रको प्राण भएकाले सम्बन्धित निकायबाट पाउने सेवा, सुविधाको सूचना समाजमा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । सार्वजनिक गरिएका विषयहरुको सूचना नागरिकस्तरमा विस्तार गर्न आवश्यक रहेको र जनताको सूचना पाउने हकको सुनिश्चित हुनुपर्ने सभामुख घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू