अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०१ | Colorodo: 23:16

एमालेले बोलायो सचिवालय बैठक

बिआरटीनेपाल २०८० वैशाख २२ गते ६:४३ मा प्रकाशित

नेकपा (एमाले) ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।झापामा वैशाख २९ देखि ३१ सम्म बस्ने केन्द्रीय समितिका लागि एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो ।बैठक वैशाख २६ गतेका पार्टी केन्द्रीय कार्यालयमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठकमा पार्टीका आन्तरिक गतिविधि, उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । यस्तै, बैठकमा दुई महिने ग्रासरुट अभियानको समीक्षा समेत हुने नेताहरूले बताएका छन् । सचिवालय बैठकअघि महासचिव शंकर पोखरेल नेतृत्वको पार्टी केन्द्रीय कार्यालयको बैठक वैशाख २५ मा बस्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू