अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

फ्रान्समा मे दिवसको अवसरमा विशाल विरोध प्रदर्शन, १ सय ८ जना प्रहरी घाइते

बिआरटीनेपाल २०८० वैशाख १९ गते ६:४५ मा प्रकाशित

फ्रान्समा पेन्सन नियममा भएको परिवर्तनविरुद्ध मे दिवसका अवसरमा गए राति विशाल प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक सय आठ जना प्रहरी घाइते भएका छन् ।फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मेनिनले प्रदर्शनमा ठूलो सङ्ख्यामा प्रहरी घाइते भएका र दुई सय ९१ जना प्रदर्शनकारीलाई पक्राउ गरिएको बताउनुभयो । फ्रान्समा राष्ट्रपति इम्यानुएल म्याक्रोँको सरकारले पेन्सन नियममा गरेको परिवर्तनको लामो समयदेखि विरोध भइरहेको छ ।

मे दिवसको दिन हिजो पनि ठूलो सङ्ख्यामा मानिस फ्रान्सको सडकमा जम्मा भएर शान्तिपूर्ण प्रदर्शन गरिरहेकामा केही प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम र पटाका फ्याँक्न सुरु गरेसँगै झडप भएको बीबीसी हिन्दीले जनाएको छ । झडपमा प्रदर्शनकारी पनि घाइते भएका छन् तर उनीहरूको यकिन तथ्याङ्क भने छैन । फ्रान्समा नयाँ नियमअनुसार पेन्सन पाउने उमेरलाई ६२ बाट बढाएर ६४ वर्ष बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू