अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

अफगानिस्तानमा तालिवानको शासनकाे बारेमा कतारको दोहामा छलफल हुने

बिआरटीनेपाल २०८० वैशाख १८ गते ७:१२ मा प्रकाशित

अफगानिस्तानमा तालिवान शासनको प्रभावका बारेमा संयुक्त राष्ट्रसंघले सोमबार कतारको दोहामा अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरुको भेला बाेलाएकाे छ ।राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले अफगानिस्तानमा बालबालिका र महिलालाई शिक्षाबाट बञ्चित गरिएको लगायतका विषयमा अन्तर्राष्ट्रिय कुटनितिज्ञहरुसँग गोप्य छलफल गर्न लाग्नु भएको हो।सन् २०२१ को अगष्टमा सत्तामा आएको तालिवानले महिलाहरुलाई शिक्षा तथा घर बाहिर काममा जानबाट बञ्चित गर्दै आएको छ ।

गोप्य छलफलमा करिब २५ देश तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरु समेत सहभागी हुने जनाइएको छ । छलफलपछि राष्ट्रसंघले तालिवान सरकार विरुद्ध कदम चाल्न सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू