अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५७ | Colorodo: 15:12

‘ए’ डिभिजन लिग- जावलाखेल संकटा क्लबसँग बराबरीमा रोकियो

बिआरटीनेपाल २०८० वैशाख १७ गते ६:५८ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब बराबरीमा रोकिएको छ ।एन्फा कम्प्लेक्समा आइतबार जावलाखेललाई संकटा क्लबसँग १–१ गोलको बराबरी रोकेको हो ।खेलमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा जावलाखेल अंक बाढ्न बाध्य भएको हो ।फोडे फोफानाले ३३ औं मिनेटमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । तर, खेलको ७३ औं मिनेटमा निशान खड्काले गोल गर्दै संकटालाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै जावलाखेलले १३ खेलमा २४ अंक जोडेको छ । जावलाखेल अंकतालिकाको शीर्ष स्थानमा कायमै छ ।

संकटा १३ खेलमा १६ अंक जोडेर ११ औं स्थानमा छ । संकटा र जावलाखेलबीच ५१ मिनेट पछिको खेल आइतबार भएको हो । शनिबार च्यासल मैदानमा भारी वर्षा र चट्याङको कारण संकटा र जावलाखेलबीचको खेल स्थगित भएको थियो ।

एन्फा कम्प्लेक्समा अहिले चर्च ब्वाइज युनाईटेड र मनाङ मर्याङ्दीबीच खेल भईरहेको छ । यो खेल शनिवार दरशरथ रंगशालामा हुने तय थियो । तर भारी वर्षा र चट्याङको कारण खेल स्थगित गरिएको थियो । आजै, शनिबार हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच रशरथ रंगशालामा खेल हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू