अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४३ | Colorodo: 13:58

एन्फा र साउदी फुटबलबीच सम्झौता

बिआरटीनेपाल २०८० वैशाख १६ गते ८:२२ मा प्रकाशित

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल विकास र विभिन्न फुटबल गतिविधि सञ्चालन गर्न साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको छ ।एन्फाले एक वर्षका लागि साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको हो । साउदी भ्रमणमा रहेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र साउदी अरेबिया फुटबलका अध्यक्ष यासेर अल मिसेहलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

फुटबलको पारस्परिक हित, प्रवद्र्धन, विकास र सफलताका लागि दुई फुटबल संघबीच सुदृढ सम्बन्ध विकास गर्न तथा विभिन्न क्षेत्रमा सहकार्य र सहयोगको रूपरेखा तय गर्नु सम्झौताको उद्देश्य रहेको एन्फाले जनाएको छ ।

सम्झौतासँगै दुवै संघले महिला र पुरुष राष्ट्रिय टोलीका लागि मैत्रीपूर्ण खेलका लागि अवसरहरू प्रदान गर्ने छन् । यस्तै, युथ फुटबल डेभलपमेन्ट र युथ कार्यक्रम सम्बन्धी कार्यहरु आदानप्रदान हुनेछ । एन्फा र साउदीबीच प्रशिक्षक तालिमको कार्यक्रम आयोजना गर्ने तथा प्रशिक्षक तालिम मिलेर आयोजना गरिने सम्झौतामा उल्लेख छ । अध्यक्ष यासर फिफा काउन्सिल सदस्य र एएफसी विकास समितिका अध्यक्ष हुन् । एन्फा अध्यक्ष नेम्वाङ एएफसीको विकास समितिका उपाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू