अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२१ | Colorodo: 19:36

बजेटमा कर्णालीलाई प्राथमिकता दिन सांसदद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

बिआरटीनेपाल २०८० वैशाख १६ गते ६:५३ मा प्रकाशित

कर्णाली प्रदेशका सांसदहरूले आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् ।संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संयुक्त योजना पेस गर्दै कर्णालीलाई प्राथमिकतामा राख्न माग गरेका हुन् ।कर्णालीमा निरपेक्ष गरिबी २८ दशमलव ९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९ सय ४४ अमेरिकी डलर रहेकोले समग्र विकासको हिसाबले कर्णाली अझै पछाडि रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

कर्णाली विकासका लागि दीर्घकालीन महत्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड दिइएको छ । जसअनुसार कर्णाली प्रदेशको कृषि उत्पादन जडीबुटी, लघु उद्योगहरुलाई व्यापक र व्यवस्थित गर्न पाँच अर्ब बजेट माग गरिएको छ । कर्णाली प्रदेशका सबै माध्यमिक विद्यालयको भौतिक पूवार्धारका साथै डिजिटल बोर्डलगायतको प्रविधि पूर्वाधार व्यवस्थापन गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल शिक्षण सञ्चालन गर्न आवश्यक बजेट माग गरिएको छ ।

स्वस्थ जनशक्ति निर्माण गर्न जिल्ला, पालिका, वडा अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापनका लागि आवश्यक स्रोत जुटाइदिन आग्रह गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू