अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

संघीयता खारेज गर्न राष्ट्रिय जनमोर्चा अध्यक्ष केसीकाे माग

बिआरटीनेपाल २०८० वैशाख १६ गते ६:४७ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण संघीयताको दुष्परिणाम भएको टिप्पणी गर्नुभएको छ ।आज एक विज्ञप्ति निकाली अध्यक्ष केसीले ओलीमाथि जातिवादीहरुले आक्रमण गरेको भन्दै विरोध जनाउनुभएको छ । गत बुधबार झापामा अध्यक्ष ओली सहभागी कार्यक्रममा कोशी नामाकरणको विपक्षमा आन्दोलनरत पक्षले आक्रमण गरेका थिए ।

कोशी प्रदेशको नामाकरणको सन्दर्भमा भइरहेको प्रदर्शनले विखण्डनको अवस्था उत्पन्न गर्ने भन्दै राष्ट्रिय जनमोर्चाले यथाशीघ्र संघीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने धारणा राखेको छ । केसीले प्रशासनिक एकाइका रुपमा प्रदेश १ को नाम कोशी राख्नु उपयुक्त भएको जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू