अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

इंग्लीश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी

बिआरटीनेपाल २०८० वैशाख १४ गते ४:४७ मा प्रकाशित

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी विजयी भएकाे छ ।  आफ्नै मैदानमा भएको खेलमासिटीले आर्सनललाई ४–१ ले पराजित गरेकाे हाे । साेही खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले दुई गोल गर्दा जोन स्टोन्स र अर्लीङ ब्रट हाल्याण्डले एक-एक गोल थपेका थिए ।पराजित टोली आर्सनलका रब होल्डीङले एक गोल फर्काएका थिए । यो जितसँगै सिटीले प्रिमियर लिगको उपाधि यात्रामा महत्वपूर्ण फड्को मारेको छ । आर्सनलको उपाधि सम्भावना आफ्नो हातबाट फुत्केको छ ।

लिगमा शीर्ष स्थानको आर्सनलको ३३ खेलबाट ७५ अंक छ । दुई खेल कम खेलेको सिटीको ७३ अंक छ । दुवै टोलीले अब बाँकी रहेका आफ्ना खेलहरु जितेको खण्डमा सिटीले उपाधि जित्नेछ । बुधबार राति भएका अन्य खेलहरुमा ब्रेन्टफोर्डले चेल्सीलाई २–० ले पराजित गर्दा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले तथा नटिङ्घम फरेष्टले ब्राइटनलाई ३–१ ले पराजित गरेकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू