अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

शेयर बजारमा सामान्य गिरावट

बिआरटीनेपाल २०८० वैशाख १४ गते ४:४४ मा प्रकाशित

साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से २ अंकले घटेर १८ सय ८९ अंकमा थामिएको छ ।बिहीबार कारोबार रकम पनि खुम्चिँदै २ सय ६९ कम्पनीको २१ लाख बढी कित्ता शेयरको ७३ करोड बराबरमा खरीदबिक्री भएको छ ।बिहीबार कारोबारमा आएका होटल तथा टुरिजम र बैंकिक समूह हरियो रहँदा बाँकी सबै समूह राताम्मे भएका छन् । बिहीबार ६५ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १ सय ३९ कम्पनीको शेयर मूल्य घटेको छ ।

नेप्सेका अनुृसार बिहीबार सिटिजन म्युचल फण्ड २, तेह्रथुम पावर कम्पनी लिमिटेडको ५ प्रतिशतले शेयरमूल्य वृद्धि भएको छ भने सबैभन्दा धेरै एनआइबिल ग्रोथ फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने एनएमबि डिभेन्चरको ९ प्रतिशतले घटेको छ । बिहीबार कारोबार रकमको आधारमा एभरेष्ट बैंकको ३ करोड ७६ लाख माथिमा कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू