अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

राेजगारीकाे लागि इजरायल पठाइदिन्छु भन्दै ४८ लाख रुपैयाँ ठगी गरेकाे आराेपमा एक महिला पक्राउ

बिआरटीनेपाल २०८० वैशाख १३ गते ४:२५ मा प्रकाशित

राेजगारीकाे लागि इजरायल पठाइदिन्छु भन्दै लाखाैँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेकाे छ । झापा कमल गाउँपालिका-७ घर भई काठमाण्डौ कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई  प्रहरीले पक्राउ गरेको हाे ।

वैदेशिक रोजगारीको लागि ईजरायल पठाइ निर्माणको काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारेर पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई हिजाे काठमाण्डाैकाे चावहिलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाण्डौमा पठाइएको अनुसन्धान कार्यालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू