अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

अनेसास, कोलोराडो शाखाद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८० वैशाख २ गते ९:१८ मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखाले नयाँ वर्ष २०८० को आगमनको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । जुममार्फत भर्चुअलरुपमा आयोजना गरिएको कार्यक्रममा कोलोराडोलगायत अमेरिकाका अन्य राज्यहरू तथा नेपालका साहित्यकार एवं साहित्यअनुरागीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी भई रचना वाचन तथा नव वर्षको शुभकामना व्यक्त गर्नेहरूमा अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उत्तर अमेरिका क्षेत्रका केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ तथा केन्द्रीय सदस्य तारा अधिकारी हुनुहुन्थ्यो ।

यसै गरी अग्रज कवि तथा जीवनीकार गोविन्द गिरी प्रेरणा, लघुकथाकार तथा समीक्षक खेमराज पोखरेल तथा अधिवक्ता एवं भाषा सम्पादक रवीन्द्र भट्टराईले पनि कार्यक्रममा आआफ्नो रचना वाचन गर्नुभएको थियो । त्यस क्रममा झरना साहित्यिक परिवार, मकवानपुरसँग सम्बन्धित साहित्यकारहरू दीपक गौतम, जनार्दन खनाल, रमेशमोहन अधिकारी र सुवास खनालले नेपालबाट कार्यक्रममा सहभागी भई आफ्नो रचना पाठ गर्नुभएको थियो । कोलोराडोमा रहेका नेपालीहरूको संस्थाहरू नेपाली घर, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपाल तथा एनआरएनए कोलोराडो च्याप्टरका अध्यक्षहरू क्रमश: जगदीशचन्द्र ढकाल, टीका पौडेल तथा आरसी पन्तले कोलोराडोमा रहेको नेपाली समुदायमा भाषा र साहित्यको प्रवर्धन गर्नमा अनेसास, कोलोराडो शाखाले खेलेको भूमिकाको प्रशंसा गर्दै शुभकामना सन्देश दिनुभएको थियो ।

कार्यक्रममा रचना वाचन गर्ने अन्य साहित्यकारहरूमा पुष्पराज पौडेल, निर्मल प्याकुरेल, भूपेन्द्र महत, डा. खगेन्द्रप्रसाद दाहाल, अनमोल मणि, सृजना अर्याल, वासुदेव खनाल, भगवती दाहाल, रमेश गुरुङ, माधव शिवाकोटी, उपेन्द्र घिमिरे, श्रीराम लुइँटेल, सीता सापकोटा र श्यामला शिवाकोटी हुनुहुन्थ्यो । अनेसास कोलोराडो शाखाको पदाधिकारीहरु विजयदेव अधिकारी, सेनुप्रसाद तिवारी, सम्झना आचार्य, रामराज पौडेलको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रमको सञ्चालन अनेसास, कोलोराडो शाखा महासचिव किरण अधिकारीले र कार्यक्रमको सभापतित्व शाखा अध्यक्ष राजु सिटौलाले गर्नुभएको थियो । उक्त कविता वाचन कार्यक्रम करिब दुई घण्टा चली सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू