अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

फिवना कोसी प्रदेशको विपक्षमा

बिआरटीनेपाल २०८० वैशाख १ गते १९:२१ मा प्रकाशित

न्यू योर्क । आदिवासी जनजाति महिला महासङ्घ अमेरिका (फिवना) ले लाजेहाङ लिम्बूले शहादत प्राप्त गर्दासमेत रमिता हेरेर बसेको भन्दै सरकारको आलोचना गरेको छ।

प्रदेश १ को नामाकरण कोसी गरिएपछि त्यस विरुद्ध पहिचानवादी आन्दोलनमा छन्। त्यही क्रममा प्रहरी दमनबाट मृत्यु भएका लाजेहाङ लिम्बूलाई सरकारले सहिद समेत घोषणा गरिसकेको छ। त्यसका बाबजुद पहिचानवादीको माग सम्बोधन नगरेको भन्दै फिवनाले विज्ञप्ति जारी गरी सरकारले विरोध गरेको हो ।

‘कोसी प्रदेश नामाकरण संविधानको मर्म र जनभावना विपरीत छ,’ फिवनाको विज्ञप्तिमा उल्लेख छ, ‘आदिवासी जनजाति महिला महासङ्घ अमेरिका पहिचानवादी आन्दोलन शक्तिहरूको पक्षमा छ।’ विज्ञप्तिमा कोसी प्रदेश नामाकरण एकात्मक निरङ्कुशतावादी सोचको उपज भएको र त्यसले पहिचानको धज्जी उडाएको उल्लेख गर्दै यसबाट गृहयुद्ध सम्म निम्तिन सक्ने चेतावनी दिइएको छ।

‘नेपाल सरकार लगायत सम्पूर्ण जिम्मेवार निकायलाई चाँडोभन्दा चाँडो यस पहिचानवादी आन्दोलनलाई सम्बोधन गरेर शान्तिपूर्ण निकास निकाल्न आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया