अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

दृश्य सोच

युवराज मैनाली २०७९ चैत १९ गते २२:०५ मा प्रकाशित

–महात्माले भने“कर्मको फल ।”

–दार्शनिकले मुन्टो हल्लाए, ओठ फर्फराए र“प्रकृतिको लिला जन्म र मृत्युसँगसँगैको बहाव ।”

–नेताको प्रतिकृया रह्यो भौतिकी प्रवाहको भेल

–हलुवाइले छाँटे “दुनियाँ जेरी र सेल”

–व्यापारीले अनुमान लगाए ब्याज तिर्नमात्र आएको मुनाफामा घाटा ।

–कर्मचारीको एक्यवद्द आवाज पेन्सन खान नपाएको बिचरा बिचरीहरू ।

–विद्यार्थीको गोलबन्द उर्लाइ हल्लाले छुट्याउन सकिएन के भने के भनेनन् ।

–तर बाँकी सबैले चाहिँ निकम्मापनको शिकार फाँसिमात्र समाधान चिच्याइरहे ।

–तर रोकिएन बलात्कार, मैले चिहाएँ पर्दैपर्दाको रङ्गमञ्चमा “लिप्सा”को गोलवन्द अभिनय एउटा पर्दा उघा¥यो अर्को पर्दा अर्को उघारे अर्कैको फन्दा द्रौपदीको सारी दुशाशनको चिरहरणको दृश्य पुनरावृत्ति, यो चिहाइ पनि मेरो संस्कारगत आकृति लाग्न थाल्यो । सोँचे सोच्दासोच्दै पर्दाहरूले मलाई अँठ्यायो बर्दै गयो बेर्दै गयो । म चिच्याउँदै रहेँ बलात्कार ! बलात्कार ।