अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०२ | Colorodo: 03:17

माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरू

बिआरटीनेपाल २०७९ चैत १७ गते ८:१७ मा प्रकाशित

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)सुरू भएको छ । शुक्रबार बिहान ८ बजेदेखि देशभरका २ हजार ३७ परीक्षा केन्द्रबाट एसईई सुरू भएको हो ।यो वर्ष जापानमा पनि परीक्षा केन्द्र राखिएको छ । नेपालबाट रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिएका छन् । यस वर्षको एसईई परीक्षामा सहभागि हुन देशभरका ५ लाख १६ हजार ५ सय ९१ जनाले कक्षा १० को रजिष्ट्रेशन फारम भरेका थिए । पहिलो दिन शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा परीक्षा भएको छ । शुक्रबार नै वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको पनि परीक्षा भएको छ ।

काठमाडौं उपत्यकासहित देशभर नै एसईई परीक्षा केन्द्रीत सुरक्षा व्यवस्था कडा पारिएको थियो । काठमाडौंका विभिन्न विद्यालयहरुमा एसईई परीक्षालाई मध्यनजर गरेर परीक्षा केन्द्र तोकिएको छ । ६ वटा अनिवार्य विषयका प्रश्नपत्र प्रदेशअनुसार फरक–फरक तयार पारिएको छ । उत्तरपुस्तिकाको व्यवस्थापन प्रदेश निर्देशनालयले गरेका छन् । ७ हजार २ सय ६५ सामुदायिक र ४ हजार ५ सय ६४ निजी गरी ११ हजार ४ सय २९ विद्यालयका विद्यार्थी एसईईमा सम्मिलित भएका छन् । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मीलगायत गरी ७८ हजार जनशक्ति प्रत्यक्ष रूपमा परिचालन भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा २९ चैतसम्म सञ्चालन हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू