अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

३ वटै उपनिर्वाचन क्षेत्रमा तोकिए मुख्य निर्वाचन अधिकृत

बिआरटीनेपाल २०७९ चैत १६ गते ६:३३ मा प्रकाशित

वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि न्याय परिषद्को परामर्शमा मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको जनाएको छ।

चैत १८ गतेदेखि लागु हुने गरी मुख्य निर्वाचन अधिकृतहरू नियुक्त भएका आयोगले बताएको छ। चितवन क्षेत्र नं। २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने, बारा क्षेत्र नं। २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं। १ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने पनि आयोगले जानकारी दिएको छ।उपनिर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता हुनेछ। निर्वाचनका सबै कार्यक्रम ती कार्यालयहरूबाट सञ्चालन हुने आयोगले जानकारी दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू