अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा चिनियाँ राष्ट्रपति सीलाई भ्रमणको निम्ताे

बिआरटीनेपाल २०७९ चैत १६ गते ६:१३ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई युक्रेन भ्रमणको निमन्त्रणा गर्नुभएको छ ।राष्ट्रपति सीलाई जेलेन्स्कीले युक्रेन भ्रमणका लागि निम्तो गरेको एसोसिएट प्रेसले जनाएको हाे । रूस–युक्रेन युद्ध सुरु भए यता सी र जेलेन्स्कीबीच संवाद भएको छैन् । तर गत फेब्रुअरीको अन्त्यमा चीनले युक्रेन संकटको राजनीतिक समाधानका लागि १२ बुँदे योजना सार्वजनिक गरेको थियो ।

गत मार्चमा सीले रूसको राजकीय भ्रमण गर्नुभएको थियो । उक्त ३ दिने भ्रमणका क्रममा रूसका राष्ट्रपति भ्लादिमर पुटिन र सीले संयुक्त वक्तव्य जारी गर्नुभएको थियो । रूस–युक्रेन द्वन्द्व वार्ताबाट समाधान गर्नुपर्ने भन्दै चीनले तटस्थ अडानका साथ उक्त संयुक्त वक्तव्य जारी गरेको थियो । यद्यपी रूस असल छिमेकी राष्ट्र भएको बताउँदै सीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू