अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

कांग्रेसबाट पहिलो चरणमा उपसभापति खड्का सरकारमा सहभागी हुने

बिआरटीनेपाल २०७९ चैत १५ गते ७:२९ मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्नुुहुुने भएको छ । प्रधानमन्त्रीले पहिलो चरणमा आजै मन्त्रिपरिषद विस्तारको तयारी थालेपछि कांग्रेसबाट खड्का सरकारमा सहभागी हुन लाग्नुुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसले खड्कालाई पार्टीको तर्फबाट नेतृत्व गर्ने गरी पठाउँदैछ । कांग्रेसले आठ मन्त्रालयमा दाबी पेस गरेको छ ।

कांग्रेसका एक पदाधिकारीका अनुसार अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य, उद्योग, भूमि व्यवस्था र महिला तथा बालबालि मन्त्रालय कांग्रेसले पाउने सम्भावना छ । पहिलो चरणमा खड्का सहभागी हुने कांग्रेसका एक पदाधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू