अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

संसद् हाजिर गर्ने र हिँड्ने माध्यम नबनोस्- सांसद खतिवडा

बिआरटीनेपाल २०७९ चैत १५ गते ७:२७ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को सङ्ख्या निकै कम देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आज बुधवारको बैठकमा उहाँले संसदमा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति देखिएको बताउनुभयो ।‘प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला । प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ । अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरू हुनुहुन्न’, सांसद खतिवडाले भन्नुभयो, ‘संसद् हाजिर गर्ने र हिँड्ने (हाटा) माध्यम नबनोस् ।’

संसदमा सांसदको कम उपस्थितिलाई लिएर पटक–पटक आलोचना हुँदै आएको छ । संसदमा गणपूरक सङ्ख्या नपुग्दा कहिलेकाहीँ बैठक नै स्थगित हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू