अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

म्यानमारमा प्रजातन्त्रवादी नेतृ सुकीको पार्टी विघटन

बिआरटीनेपाल २०७९ चैत १५ गते ७:१७ मा प्रकाशित

म्यानमारको सैनिक सरकारले प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) विघटन गरिदिएको छ ।सैनिक सरकारको नियन्त्रणमा रहेको त्यहाँको निर्वाचन आयोगले तोकेको नयाँ मापदण्ड अनुसार आयोगमा दर्ता हुन नसकेपछि एनएलडी खारेज भएको हो ।

एनएलडीसहित अन्य ४० वटा पार्टी पनि आयोगको मापदण्ड पूरा गर्न नसक्दा खारेजीमा परेका छन् ।सैनिक सरकारले गत जनवरीमा राजनीतिक पार्टीहरुलाई मापदण्ड पूरा गरेर आयोगमा दर्ता हुनका लागि दुई महिनाको समय दिएको थियो ।एनएलडीले जेलमा रहेका आफ्ना नेताहरुको रिहाइ नभई सैनिक सरकारले गराउने निर्वाचनमा समेत भाग नलिने बताएको छ ।

सन् २०२० मा भएको निर्वाचनमा एनएलडीले भारी बहुमत प्राप्त गरेको थियो । तर, सेनाले निर्वाचनमा ब्यापक धाँधली भएको आरोप लगाउँदै निर्वाचित सरकारलाई सत्तारोहण हुनबाट रोक्दै शासन आफ्नो हातमा लिएको थियो । एनएलडीकी नेतृ सुकीलाई ३३ वर्षको कारागार सजाय सुनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू