अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

शेयर बजार १ अङ्कले बढ्यो, कारोबार रकम १ अर्ब रुपैयाँ पनि पुगेन

बिआरटीनेपाल २०७९ चैत १५ गते ७:१६ मा प्रकाशित

हिजो मङ्गलवार र अस्ति सोमवार दोहोरो अङ्कले बढेको शेयर बजार आज बुधवार सामान्य उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव शून्य दुई अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ४३ विन्दुमा पुगेको छ ।

आज माइक्रोफाइनान्स, होटल र अन्य समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने कमी आएको छ । दुई सय ५८ वटा कम्पनीका २५ लाख ३९ हजार कित्ता शेयर ८१ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको तीन करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै खप्तड लघुवित्त कम्पनीको शेयर झन्डै साढे चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू