अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०१
| Colorodo: 14:16
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले आफ्नो दललाई सरकारमा लान चाहेको बताउनुभएको छ ।बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताउनुभएको हो ।
उहाँले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहेपनि हालसम्म टुंगो नलागेको बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आफूहरुप्रति सद्भाव रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टी वैशाख १० गते हुने उपनिर्वाचनका लागि केन्द्रित भइरहेको बताउनुभयो ।