अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२६ | Colorodo: 21:41

साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु, २९ घाइते

बिआरटीनेपाल २०७९ चैत १४ गते ७:५४ मा प्रकाशित

साउदी अरबको दक्षिण–पश्चिमी असित प्रान्तमा तीर्थयात्री सवार यात्रुवाहक बस दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको हो । घटनामा करिब २९ जना घाइते भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । मृत्यु हुनेमा अधिकांश मक्क मदिना हिडेका तीर्थयात्री रहेको जनाइएको छ ।

रमजान प्रार्थनाका लागि तीर्थयात्री लिएर मक्कातर्फ जाँदै गरेको बस ब्रेकफेल भएर पुलमा ठोक्किएर पल्टिएको थियो । बसमा भीषण आगो लाग्दा धेरै जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू