अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०६ | Colorodo: 14:21

अमेरिकाको एक विद्यालयमा गोली प्रहार हुँदा ६ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ चैत १४ गते ७:४४ मा प्रकाशित

अमेरिकाको टेनेसी राज्यको नासभिल शहरमा फेरी अर्को गोली काण्ड भएको छ ।नासभिल शहरको एक प्राथमिक विद्यालयमा महिलाले अन्धाधुन्ध गोली प्रहार गर्दा ३ जना बालबालिकासहित ६ जनाको मृत्यु भएको हो । प्रि–स्कुलदेखि ६ कक्षासम्म पढाई हुने २ सय विद्यार्थी रहेको प्रेस्बिटेरियन स्कुल द कभेन्टमा अन्धाधुन्ध गोली प्रहार भएको हो ।

गोली लागेर मृत्यु हुनेहरुमा ९ वर्षीय बालकदेखि ६१ वर्षीय वृद्धसम्म रहेका छन् । आक्रमणकारी महिलाको पनि प्रहरीको कारबाहीमा मृत्यु भएको छ । आफू पनि सोही स्कुलमा पढेको भन्दै विद्यालयमा प्रवेश गरेकी २८ वर्षीय औड्री हेल नाम गरेकी महिलाले विद्यार्थी, शिक्षक र कर्मचारीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको नाशभिल शहरको प्रहरीले जनाएको छ । घटना र आक्रमणकारी महिलाको बारेमा विस्तृत अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू