अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

भू–राजनीतिक र शक्ति राष्ट्रको सामरिक सामर्थ्यको वृद्धिसँगै सुरक्षा चुनौती बढ्योः प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ चैत १४ गते ७:३६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको भू–राजनीतिक अवस्थित र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामथ्र्यकोे बढोत्तरीले सूरक्षा चुनौती बढी रहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा तालिमको समापन समारोहलाई मंगलबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। प्रधानमन्त्री प्रचण्डले अहिलेका सुरक्षा चुनौतीका आयाम र त्यसका कारण हुन सक्ने खतरा औंल्याउनुभएको हो । वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको उहाँको भनाइ थियो ।

देशको भू–राजनीतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिस्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव परिरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ले राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौती विद्यमान रहेको टिप्पणी गर्नुभयो ।

यस्ता चुनौतीहरूको डटेर सामना गर्नुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले राजनीतिक, अर्थतन्त्र, कूटनीति, सञ्चार तथा सैन्य शक्तिलाई उचित नीति एवं साधन श्रोतले सम्पन्न गराउनु पर्ने बताउनुभयो । समन्वय र सहकार्यको माध्यमबाट उचित ढंगबाट राष्ट्रिय हितमा प्रयोग गर्नुपर्ने उहाँको भनाइ थियो । परिवर्तित परिस्थितिमा राष्ट्रिय सुरक्षा नीतिको सही मूल्यांकन, अध्ययन र विश्लेषण गर्नु अत्यन्तै जरुरी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू