अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानको ऐतिहासिक जित

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:४० मा प्रकाशित

पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ।गएराति शारजाहमा भएको दोस्रो टी–२० मा पाकिस्तान ७ विकेटको पराजित भयो। पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । पाकिस्तानसँगको तीन खेलको टी–२० शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको छ।अफगानिस्तानले पाकिस्तानसँग जितेको यो पहिलो शृङ्खला हो । पाकिस्तानले दिएको १ सय ३१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले सर्वाधिक ४४ रन बनाए । त्यस्तै इब्राहिम जद्रान ३८ रनमा आउट भए ।

पाकिस्तानका जमान खान र इनसाहउल्लाहले समान एक÷एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । पाकिस्तानका इमाद वासिम ६४ रनमा अविजित रहे । कप्तान शादब खान ३२ रनमा आउट भए ।पाकिस्तानका अब्दुल्लाह शफिक टी–२० खेलमा लगातार चार पटक डक आउट हुने विश्वकै पहिलो खेलाडी बनेका छन् । यसअघि न्युजिल्यान्डसँग भएको दुई खेल र अफगानिस्तानसँगको पहिलो र दोस्रो खेलमा उनी लगातार डक आउट भए ।

अफगानिस्तानका फैजलहक फारुकीले २ तथा नविन उल हक, राशिद खान र करिम जन्नतले समान एक÷एक विकेट लिए । दुई देशबिचको तेस्रो तथा अन्तिम खेल आज राति हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू