अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१० | Colorodo: 06:25

बेलारूसमा आणविक हतियार भण्डारण गर्ने रूसी तयारीप्रति नाटोको आपत्ति

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:३९ मा प्रकाशित

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको तयारीप्रति नाटोसहित पश्चिमा देशहरुले आपत्ति जनाएका छन् ।उनीहरुले रुसी राष्ट्रपति भ्लादिनमिर पुटिन गैरजिम्मेवार बन्दै गएको आरोप समेत लगाएका हुन् । रुसी राष्ट्रपति पुटिनले आगामी जुलाई १ भित्रै छिमेकी बेलारुसमा रणनीतिक महत्वका आणविक हतियार भण्डारण गर्ने तयारी भइरहेको घोषणा गरेपछि पश्चिमा देशहरुले रुसी निर्णयको भत्सना गरेका हुन् ।

नाटोले रुसको निर्णयले आणविक अप्रसार सन्धिको उल्लंघन मात्रै नहुने बरु आणविक हतियारको विस्तार हुने भन्दै रुसको आलोचना गरेको छ । नाटोका प्रवक्ता ओएन्ना लुङ्गेस्कुले रुसको निर्णय खतरनाक र गैरजिम्मेवार भएको बताउनुभयो । तर उहाँले रुस गैरजिम्मेवार बन्यो भन्दैमा नाटो अन्तर्राष्ट्रिय मान्यता र मापदण्डबाट बाहिर नजाने पनि बताउनुभएको छ । त्यस्तै रुससँग युद्धरत युक्रेनले रुसी निर्णयमाथि छलफल गर्न र थप कदम चाल्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठक माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू