अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

काठमाण्डौमा मेयर शाहविरुद्ध प्रदर्शन

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:३८ मा प्रकाशित

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शन गरेको छ । संविधान र कानुन विपरीत सुकुम्वासीहरूलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै उनीहरूले आज सोमवार मेयर साहविरुद्ध काठमाण्डौको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरेका हुन् ।

आफूहरूलाई उठिबास लगाउने काममा मेयर साह लागेको भन्दै त्यसको विरोधमा सुरु गरिएको प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले बताउनुभयो । उहाँले भूमिहीनहरूलाई जग्गाधनी पुर्जा दिनुको साटो संविधान, कानुन विपरीत उठिबास लगाउने प्रयास नगर्न चेतावनीसमेत दिनुभयो ।विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरूलाई निःसर्त रिहा गर्न, उनीहरूमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू