अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

दिनभरको उतारचढावपछि नेप्से झन्डै १८ अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:१९ मा प्रकाशित

लामो समयपछि शेयर बजार आज सोमवार बढेको छ । दिनभरको उतारचढावपछि शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ७० अङ्कले बढेर १ हजार ९ सय ६ विन्दुमा पुगेको हो ।आज लघुवित्त समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर बढेको छ । बजार खुलेदेखि नै ओरालो लागेको बजार दिउँसो साढे २ बजेदेखि बढ्न थालेको थियो ।

आज बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । दुई सय ६१ वटा कम्पनीका ४३ लाख आठ हजार कित्ता शेयर एक अर्ब ३८ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ९० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सुपरमाई हाइड्रो, कालिञ्चोक दर्शन लिमिटेड, एसियन हाइड्रोपावर र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरै नेशनल माइक्रोफाइनान्सको शेयर १० प्रतिशत र जालपा सामुदायिक लघुवित्तको शेयर साढे आठ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया