अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

मंगलबार अपरान्हसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिईने

बिआरटीनेपाल २०७९ चैत १३ गते ८:१४ मा प्रकाशित

सत्ता गठबन्धनमा शीर्ष नेताहरुले मंगलबार अपराह्नसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे सहमति जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान भेटवार्ता भएको थियो । उक्त भेटघाटपछि मन्त्रिपरिषद विस्तारका लागि मंगलबार दिउँसो ४ बजे सत्ता गठबन्धनको बैठक बोलाउने समझदारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्ड एक्लैले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुुभएको छ । सत्ता गठबन्धनबीच कसले कुन मन्त्रालय पाउने भन्ने अन्तिम भागबन्डा नभएको र दलभित्रै पनि कसलाई मन्त्री बनाउने भन्ने निष्कर्षमा दलहरु नपुग्दा मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाइ भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू