अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

मुलुकको अर्थतन्त्र आधा शताब्दी यताकै चिन्ताजनक अवस्थामा- विष्णु पौडेल

बिआरटीनेपाल २०७९ चैत ११ गते ८:१२ मा प्रकाशित

पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले मुलुकको आर्थिक अवस्था अत्यन्त चिन्ताजनक अवस्थामा रहेको बताउनुभएको छ । ‘अहिले मुलुकको आर्थिक अवस्था ५० वर्षयताको सबैभन्दा चिन्ताजनक अवस्थामा पुगेको छ,’ पश्चिम नेपाल बस व्यवसायी प्रालीको बुटवलमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै पौडेलले भन्नुभयो । मुलुकको आन्तरिक राजश्व अत्यन्त न्यून मात्रामा संकलन भइरहेको उल्लेख गर्दै उहाँले आन्तरिक राजश्वले संचालन खर्च समेत धान्न नसक्ने अवस्थामा रहेको बताउनुभयो ।

नेता पौडेलले अहिलेको जस्तो आर्थिक संकट २०२८ साल यता मुलुकले नबेहोरेको समेत बताउनुभयो । छोटो अवधिको लागि तेस्रो पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेर फर्किएका पौडेलले राजस्व संकलन अत्यन्त न्युन मात्रामा संकलन भइरहेको र मुलुकको आर्थिक अवस्था जटिल र संकटपूर्ण रहेको पौडेलको भनाई थियो । नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले सामान्य अवस्थामा जस्तो सत्तापक्ष र प्रतिपक्षको क्रियाप्रतिक्रिया जनाउने अवस्थामा मुलुक नभएको उल्लेख गर्दै अहिलेको जटिल अवस्थालाई सबै मिलेर पार लगाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू