अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०५ | Colorodo: 09:20

नेवार जातिको अध्ययन, अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने प्रधानमन्त्रीको घोषणा

बिआरटीनेपाल २०७९ चैत ११ गते ७:४६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने घोषणा गर्नु भएको छ ।विश्व नेवार दिवसको अवसरमा काठमाण्डाैको वसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले नेवार समुदायका लागि खोलिने प्रतिष्ठान सिङ्गो नेपालकै लागि हुने बताउनु भयाे । नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले नेवार जातिको अध्ययन/अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने तयारी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले नेवार समुदाय विश्वमै नगर सभ्यता सुरु गर्ने अग्रज समुदायभित्र पर्ने उल्लेख गर्दै त्यो नेपाल र नेपालीका लागि गर्वको विषय भएको बताउनु भयो । वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा हरेक मार्च महिनाको अन्तिम शनिवार विश्व नेवाः दिवस मनाउने निर्णय अनुसार आज विभिन्न देशमा रहेका नेवार सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरेर छैटाैँ विश्व नेवाः दिवस मनाउँदैछन् ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रीयकरण गर्न दिवस मनाउन थालिएको हो । काठमाण्डाै उपत्यका मूल थलो भएका नेवार समुदाय एउटा मूलवासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालमा सबैभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू